समाचार

परियोजनाको जोन सञ्चालक समिति गठन

संवाददाता

हेटौंडा \  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकवानपुरमा जोन सन्चालक समन्वयन समिती गठन गरिएको छ।बुधबार एक कार्यक्रमको आयोजन गर्दै ९ सदस्यीय समिति गठन गरिएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाई मकवानपुरको आयोजनामा बुधबार सम्पन्न अभिमुखीकरण कार्यक्रम मार्फत विमला कार्कीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो। समिति सचिवमा भरत सापकोटा चयन भएका छन।

परियोजनाले हेटौंडा उपमहानगर भित्रका वडा नम्बर ६,७,८,१२,१६,१७,१८ र मनहरी गाउँपालिकाको वाडा नम्बर ३ देखि ९ धान जोन अन्तर्गत कार्यक्रम गर्ने सचिव सापकोटाले बताए।

चयन भएका समितीको पदावधि २ बर्षको रहने जनाइएको छ।परियोजनाले यस अघि थाहा नगरमा रहेको  पालुङलाई तरकारी जोनको रुप मा बिकास गरि काम गरेको थियो।