
खबरबाकस \ मकवानपुरमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआरबाट ४२ जनाको परिक्षण गर्दा १९ जनामा पोजेटिभ देखिएको छ ।
त्यस्तै एन्टिजेन विधिबाट ७१ जनाको परिक्षण गर्दा २७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
उनले संस्थागत आइसोलेसनमा ११ जना बसेको बताएका छन् भने एक हजार ३८४ जना होम आइसोलेसनमा बसेको बताए ।








