समाचार

माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने

संवाददाता

काठमाडौं \  सरकारले माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउने निर्णय गरेको हो ।

खोप व्यवस्थापन कार्यमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिइसकेको छ ।

यसअघि माघ १५ गतेसम्मका लागि सम्पूर्ण शिक्षण संस्था बन्द गरिएकोमा माघ १५ गतेदेखि २० गतेसम्म सम्पूर्ण विद्यार्थीलाई खोप दिने प्रयोजनका लागि विद्यालय खुला गरी खोप उपलब्ध गराउने निर्णय गरिएको छ ।