समाचार

निर्देशनालयको चौमासिक कार्यपत्र प्रस्तुत

संवाददाता

 खबरबाकस \ उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय बागमती प्रदेशले चौमासिक कार्यक्रमको रिर्पोट प्रस्तुत गरेको छ । निर्देशनालयले आव २०७८/०७९को मा गरिएको चौमासिक कार्य सम्पादनका कार्यक्रमहरु र आगामी कार्ययोजनाबारे प्रतिवेदन स्वरुप प्रस्तुत गरिएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ र राज्यमन्त्री रजनी अमात्य जोन्छेको उपस्थितीमा निर्देशनालयले कार्यक्रमहरु प्रस्तुत गरेको थियो । गरिएको कार्यक्रम र आगामी योजनाहरुबारे मन्त्री तथा सचिवले जानकारी लिएका थिए ।

जानकारी लिए पश्चात मन्त्री श्रेष्ठले यस आवमा सकिने सबै क्रियाकलापहरु समयमा नै सम्पन्न गर्न निर्देशन दिएका थिए ।
कार्यक्रममा उद्योग मन्त्रालयका सचिव विश्वबाबु पुडासैनी, निर्देशनालयका निर्देशक कृष्ण दाहाल लगायत निर्देशनालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।