समाचार

व्युटिसियन संघद्धारा खाद्यान्न सहयोग

संवाददाता

सिधाखबर खबरबाकस \ नेपाल व्युटिसियन संघ मकवानपुरले खाद्यान्न, औषधि वितरण तथा सरसफाइ कार्यक्रम गरेको छ ।

आइतबार हेटौंडा २ स्थित ओम वृद्धाश्राममा खाद्यान्न, औषधि वितरण गरिनुका साथै वरिपरी सरसफाइ समेत गरिएको छ । संघमा आवद्ध व्युटिसियन व्यवसायीहरुको सहयोगमा उक्त सामाग्री सहयोग गरिएको संघका अध्यक्ष रिना गौतमले बताइन् ।

आश्रममा अध्यक्ष सिद्धिलाल श्रेष्ठ, कोषाध्यक्ष फणिन्द्र तिमल्सिना, संघका बागमती प्रदेश संयोजक तारा कार्की, संघका पदाधिकारी, समाजसेवी कमल रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

थोरै सहयोगले आश्रममा आश्रित बुबाआमाहरुलाई सहयोग गर्न पाउँदा व्युटिसियनकर्मीहरु खुसी भएको अध्यक्ष गौतमले बताइन् ।

No description available.