समाचार

विद्यार्थीलाई न्यायो कपडा सहित स्वास्थ्य सामाग्री सहयोग

संवाददाता

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका समितिका कोषाध्यक्ष आकाश गोलेको संयोजनमा विद्यार्थीलाई न्यानो कपडा तथा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौरका दुईवटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामग्री, मास्क र सेनिटाइजर सहयोग गरिएको कोषाध्यक्ष गोलेले बताए । उनले मकवानपुरगढी–८ बोखरेस्थित बागेश्वरी आधारभूत विद्यालय र बुढीचौरस्थित रुपनारायण माविलाई सहयोग गरेको बताएका छन् ।

बागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ११५ जना र रुपनारायण माविका १७० जना विद्यार्थीलाई न्यानोकपडासहित शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग गरिएको उनले बताए ।

May be an image of 10 people, people standing and outdoors

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल,सचिव कविन सांगामी, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का निवर्तमान सभापति यतिराज साकोटा, सचिव बलराम घिमिरे, हेटौंडा उपमहानगर समितिका सभापति उत्सव इटेनी, निवर्तमान सभापति आनन्दराम पराजुली, वडा नम्बर ८ का वडा अध्यक्ष कुमार घिसिङ, वडा २ का अध्यक्ष बखान सिं पाख्रीन, वडा ८ इकाई सभापति वेदनाथ न्यौपाने, तरुण दल गाउँपालिकाका अध्यक्ष सानोकान्छा लामा लगायत कांग्रेसका स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।