
खबरबाकस \ मकवानपुरमा सडक बालबालिकाको व्यवस्थापनमा क्रियाशिल रहेको मामाघर नेपाललाई शनिबार पारा भेटेरिनरी एशोसियसन मकवानपुरले सहयोग गरेको छ ।
हेटौंडा ११ स्थित कार्यालयमा पुगी एशोसिएसनले १२ थान गलैचा, २५ थान तन्ना, २५ थान सिरानी र सिरानीको खोल सहयोग गरिनुकासाथै पाँच कार्टुन विष्कुट प्रदान गरिएको थियो ।
एशोसिएसनका अध्यक्ष कुमार खड्का सहित पदाधिकारीहरुको उपस्थितीमा मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो ।








