समाचार

मकवानपुरगढी १ मा स्वास्थ्य शिविर हुने

संवाददाता

 खबरबाकस \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ रानीसेरा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

लायन्स क्लब अफ हेटौंडाको आयोजना तथा वडा कार्यालय र आँपटार सामुदायिक स्वास्थ्य इकाईको समन्वयमा स्वास्थ्य शिविर हुनलागेको क्लबका अध्यक्ष माधव न्यौपानेले बताए । माघ ८ गते शनिवार वडा कार्यालय तथा स्वास्थ्य इकाइको कार्यालय परिसरमा हुने निशुल्क स्वास्थ्य शिविरको तयारी अन्तिम अवस्थामा पुगेको अध्यक्ष न्यौपानेले बताए ।

शिविरमा दन्त, जनरल तथा स्त्री रोगबारे परिक्षण गरिने जनाइएको छ । स्वास्थ्य शिविरमा करिब तीन सय जनाले सेवा लिने अनुमान गरेको वडा अध्यक्ष आइतसिं लोले बताए । उनले वडाभित्र सबै स्थानमा सुचना गरिसकेको हुनाले सेवा लिनेको संख्या बढि हुनसक्ने बताए । पहिलो पटक गाउँमै शिविर सञ्चालन गर्न लागिएकोले वडाबासीहरुमा खुसी छाएको अध्यक्ष लोले बताए ।