
खबरबाकस \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको मानव सेवा आश्रमलाई चार लाख रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरिएको छ । हेटौंडा–९ को वडा कार्यालयले आश्रमलाई औषधी हस्तान्त्रण गरेको हो ।
आश्रममा आश्रीतहरु सबैजसोलाई मनोरोग लगायतका विभिन्न रोगबाट समस्यामा रहेकाले वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई औषधी हस्तान्तरण गरेका हुन् ।
विरामी आमाबाको उपचारको लागि औषधी सहयोगले धेरै राहत मिलेको आश्रमका अध्यक्ष अधिकारीले बताए । आश्रममा हाल २ सय जना आश्रीत रहेका छन् । उनीहरु मध्य धेरैजसोले नियमित औषधी खानुपर्ने बाध्यता रहेको आश्रमले जनाएको छ ।
औषधि हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष भण्डारी, आश्रमका अध्यक्ष अधिकारी, आश्रममा कार्यरत कर्मचारी तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।








