समाचार

हेटौंडामा सचेतनामूलक कार्यक्रम तथा मास्क वितरण

संवाददाता

हेटौंडा \  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरकाे आयाेजना एवं जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे सहकार्यमा काेराेना भाइरस न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम तथा  मास्क  वितरण कार्यक्रम  भएकाे छ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै हेटौंडाको बुद्ध चाेकमा काेराेना भाइरस न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमको आयोजन गरिएको हो।

केन्द्रका अध्यक्ष राम बिष्ट,जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुडा कुमारी खड्काकाे उपस्थितिमा बुद्ध चाेक, सिमा चाेक,चौघडा टेम्पु पार्क र पिपल बाेट लगायतका क्षेत्रमा काेराेना भाइरस विरुद्धका संदेश मुलक  प्ले कार्ड सहित पैदल यात्री ,सवारी चालक ,यात्रुलाई ८३५ थान माक्स वितरण गरिएको केन्द्रका सदस्य नवराज कोइरालाले बताए।

सचेतनामुलक कार्यक्रममा केन्द्रका निवर्तमान अध्यक्ष कुमार पौडेल,सेवाका लागी हेटाैडा टिम लिडर बिवससुबेदी,सामुदायिक सेवा केन्द्रका पदाधिकारीको  उपस्थिति रहेको थियो ।