
खबरबाकस \ हेटौंडा लेडी जेसीस वर्ष २०२२ को अध्यक्षमा कविता पौडेल पदस्थापित भएकी छिन् । । हेटौंडामा आइतबार एक कार्यक्रमका बीच २४ औं पदस्थापन कार्यक्रम गर्दै उनी पदस्थापित भएकी हुन् ।
गत पुस १६ गते भएको साधारणसभाले पौडेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको थियो । उनलाई वर्ष २०२१ की अध्यक्ष प्रतिमा श्रेष्ठले पद हस्तान्तरण गरे सँगै नवपदाधिकारीलाई सपथ खुवाएकी थिइन् ।
पौडेलको नेतृत्वमा बनेको हेटौंडा लेडी जेसीसको कार्यकारिणी उपाध्यक्षमा सजिता केसी, उपाध्यक्षमा सुनिता इन्दिरा बानियाँ, पुष्पा क्षेत्री, मञ्जु मैनाली र सरस्वती थिङ रहेका छन् ।
पदस्थापनपछि अध्यक्ष पौडेलले महासचिवमा दिलु घर्ती मगर, कोषाध्यक्ष अस्मिता न्यौपाने, कानुनी सल्लाहकार शिखा भट्टराई शर्मालाई नियुक्त गरेकी छिन् ।
हेटौंडा उपमहानगरका उपप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको पदस्थापन कार्यक्रममा नेपाल जेसीज वर्ष २०२१ का अध्यक्ष अरुणेश्वर खनाल, हेटौंडा जेसीसका २०२२ का अध्यक्ष पवन कंशाकार, २०२१का अध्यक्ष लिसेन बस्नेत, लेडी जेसीसका पूर्व अध्यक्षहरु तथा जेसीसका सदस्यहरुको उपस्थिती रहेको थियो ।








