समाचार

शीतलहर पिडितलाई कोषको सहयोग

संवाददाता

हेटौंडा \ बाराको कोहल्बी नगरपालिका वडा नम्बर ४ मा बसोबास गर्ने शीतलहर पिडित ६० विपन्न परिवार लाई मंगलबारर वैदेशिक सहयोग कोषले कम्वल हस्तान्तरण गरेको छ ।

वडा अध्यक्ष भेषबहादुर ढकालको प्रमुख आतिथ्यता तथा वैदेशिक सहयोग कोषका प्रतिनिधि गोविन्द गौलिको सभाध्यक्षतामा भएको कार्यक्रम स्थानिय समाजसेवी बोधराज सुवेदी, सुरेन्द्र उप्रेति, तपेश्वर राय, जगदिश चौधरीको उपस्थित रहेको थियो ।

कम्बल हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष ढकालले वैदेशिक रोजगारमा रहेका युवाहरुले यसरी आफ्नो गाउँ समाजमा सहयोग गरेकोमा खुसी व्यक्त गरेका थिए । कोहल्बी नगरपालिकामा घर भएर वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा रहेको युवा हरुलाई संगठित गरि आफनो गाउँमा विभिन्न सहयोग गर्दै सम्भ समाज निर्माण गर्न र गाउँ घर रहेका विपन्न गरिब तथा जेहेन्दारलाई सहयोग गर्न कोषको स्थापना गरिएको कोषका प्रमुख अभियन्ता राजेन्द्र सुवेदीले बताए ।

वैदेशिक सहयोग कोषले विभिन्न सहयोग गर्दै आईरहेको र आगामी दिनमा समेत सहयोग जारी रहने सुवेदीले बताए । चिसो मौसमका कारण तराईमा शीतलहरको कारण जनजिवन अस्तव्यस्त बनिरहेको छ ।