समाचार

माधव नेपाललाई कोरोना संक्रमण पुष्टि

संवाददाता

काठमाडौं \  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष नेपाललाई कोरोना संक्रमण भएको उहाँको सचिवालयले जनाएको छ ।

नेपालले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीका सबै भेला तथा बैठक जनस्वास्थ्यका मापदण्ड पालना गरेर आयोजना गर्न निर्देशन दिनु भएको थियो ।

अध्यक्ष नेपालको स्वास्थ्य स्थिति सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।