
खबरबाकस \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको चण्डिका माध्यामिक विद्यालयको वरिपरी सडक सचेतना कार्यक्रम गरिएको छ ।
विद्यालयमा गठित बाल समूहको आयोजनामा सडक दुर्घटना सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो । विद्यालय शान्ति क्षेत्र हो हर्न बजाउन निषेध, सवारी साधान विस्तारै हाक्नुँस, तीव्र गतिमा सवारी साधन नचलाउनुस जस्ता प्लेकार्ड बोकेर विद्यार्थीले सचेतना कार्यक्रम गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोले, वडा नम्बर २ का वडा अध्यक्ष बखानसिं पाख्रीनको उपस्थितीमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।








