समाचार

एकता दिवसमा हेटौंडामा राष्ट्रिय झण्डा फहराउदैं ¥याली निकालिने

संवाददाता

हेटौंडा \ राजावादी समुह शाही शक्ति नेपालले पौष २७ गते पृथ्वीनारायण शाहको ३०० औं जन्मोत्सवको अवसरमा हेटौंडामा वृहत शान्ति र्यालीको आयोजना गर्ने भएको छ ।

३०० औं जन्मोत्सव तथा एकता दिवसको अवसर पारेर शाही शक्ति नेपाल (रोयल टाइगर फोर्स) ले मकवानपुर भरिका देश प्रेमी अनि प्रजातान्त्रिक र राजावादीहरुको वृहत शान्ति र्यालीको कार्यक्रमको तयारी रहेको जनाइएको छ ।

पृथ्वीनारायण शाहसरकारको शुभ जन्मोत्सव को अवसरमा देश र जनता भन्दा पार्टी ठूलो हुन सक्दैन र हामी सिङ्गो देशको नेतृत्वमा सदैव अगाडी लम्कनेछौँ, हामी पार्टीको होइन सिङ्गो देशको प्रतिनिधित्व गर्नेछौँ, त्यसैले हामी पार्टी होइन राष्ट्रको झण्डा बोकेर हिड्ने शाही शक्ति नेपाल मकवानपुरका अध्यक्ष विवेक विक्रम शाहले बताएका छन् ।

र्याली कार्यक्रम २७ गते दिउँसो १ बजे हुप्रचौरबाट सुरुगरि हेटौंडाबजार परिक्रमा गरी सिमाचोकमा समापन गरिने जनाइएको छ ।

कार्यक्रम कुनै पार्टीविशेषको नभई विशुद्ध नेपालीले नेपालको झण्डा बोकेर हिड्ने भनिएकाले उक्त शान्ति र्यालीमा सहभागी भैदिनहुन सम्पुर्ण हेटौंडाबासीमा आग्रह गरेका छन् ।