
खबरबाकस \ सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तरगत हिमराइट्स मकवानपुरले शैक्षिक सामाग्री वितरण गरेको छ ।
राक्सिराङ गाउँपालिका वडा नम्बर ५मा रहेको प्रजाजागृति आधारभूत विद्यालयका २७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख अतिथ्यतामा विहीबार २० जना छात्रा र ७ जना छात्रलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
सामाग्री वितरण गर्दै अध्यक्ष मल्लले यस्ता क्रियाकलापले विद्यार्थीहरुमा हौसला थपिने र विपन्न वर्गमा सहयोग पुग्ने बताउदैं हिमराइट्सलाई धन्यवाद दिएका थिए ।
हिमराइट्स मकवानपुरको कार्यक्रम संयोजक कुमारी वाइवाको अध्यक्षतामा भएको कार्यक्रममा गैसस महासंघका सदस्य लक्ष्मी श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।








