समाचार

इन्द्रसरोवरमा सुमो दुर्घटना, तीन जना घाइते

संवाददाता

हेटौंडा \  हेटौंडा भएर काठमाडौं जोड्ने छोटो मार्गको रुपमा रहेको भिमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर-२ देउराली नजिक टाटा सुमो दुर्घटना भएको छ।

शुक्रबार दिउँसो वीरगन्जबाट यात्रु लिएर काठमाडौं जादै गरेको प्रदेश-२ ०३-००१ ज ०१३० नम्बरको टाटा सुमो ब्रेक फेल भएर दुर्घटना भएको छ।

दुर्घटना  हुँदा सुमोमा सवार पर्सा जिल्ला घर भएका १ पुरुष र दुई महिला घाइते भएको मकवानपुर प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताएका छन ।

घाइते सबैलाई उपचारका लागि काठमाडौ पठाउने तयारी भइरहेको  र सुमो चालक भिमफेदी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।