
हेटौडा \ हेटौडा उपमहानगरपालिका वडा नंं ३ लेवट ढाका चोकका ८ वर्षिय सजिना थिङ उठ्न, बोल्न केहि पनि गर्न सक्दिनन् । उनको टाउको सामान्य बालबालिकाको भन्दा धेरै ठूलो छ । उमेर अनुसार शारिरमा विकास राम्रोसँग भएको छैन ।
६ महिनाको हुँदा खेरी बच्चाको स्वास्थ्य स्थिति सामान्य नरहेको थाहा पाएको उनका बाबु कान्छाराम थिङले बताए । हेटौडा अस्पताल, भरतपुर अस्पताल हुदै कान्तिबाल अस्पतालसम्म पुगेर आफूसँग भएको १-२ लाख सबै खर्च गरेको र थप उपचार गर्न पैसा नभएर घरमै लिएर आएको थिङले बताए ।
कान्तिबाल अस्पतालमा अप्रेशन गर्न पर्छ ५/६ लाख खर्च लाग्छ भनेको पैसा नभएर घरै फर्काएर ल्याएको थिङले बताए । आँखामा समस्याआए पछि उनी छोरीलाई लिएर आँखा अस्पताल आएका थिए । आँखाको थप उपचारकोालागि पनि उनलाई काठमाण्डौ जान पर्ने भएको थियो । दैनिक ज्यालादारी काम गरेर अन्य दुई छोरी र श्रीमती सोममाया सहित थिङ परिवार बस्दै आएको छ ।
कसैले सहयोग गरी दिए मेरो छोरीको उपचार गर्न सम्भव हुने भन्ने झिनो आश पलाएर उनी सबैलाई अपिल गरी बसेका छन् ।








