समाचार

तरुण युवा नेता सापकोटा संघीय सदस्यमा मनोनीत

संवाददाता

 खबरबाकस \ नेपाली कांग्रेस मकवानपुर संघीय क्षेत्र १ को सदस्यमा तरुण युवा नेता योग्यराज सापकोटा मनोनीत भएका छन् ।

संघीय समितिको बैठकले उनलाई सदस्यमा मनोनीत गरिएको हो । कार्यसमिति सदस्यमा मनोनीत गर्न प्रणाली अनुरुप संघीय सभापति दामोदर खनालले उनलाई सदस्यमा मनोनीत गरेका हुन् ।

तरुण दल बागमती प्रदेश सदस्य समेत रहेका सापकोटा विभिन्न सामाजिक क्रियाकलापमा अग्रसर रहन्छन् । दीनदुखी लाई सहयोग गर्ने भावना राख्ने सापकोटा हेटौंडा ४ मा बस्दै आइरहेका छन् ।