
खबरबाकस \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको भानु माध्यामिक विद्यालयको ४५ औं वार्षिक उत्सव कार्यक्रम आईतवार भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान कुमारी पाख्रीनको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष हुमागाईले सामुदायिक विद्यालय मध्ये यस विद्यालय पालिकाकै उकृष्ट एवम् नमुना विद्यालको सुचिमा रहेको बताए ।
हुमागाईले आफ्नो बाल्यकाल सम्झदै आफू पनि बाल्यकालमा कखरा यहि विद्यालयबाट सिकेको बताउदैं विद्यालय र विद्यार्थीको शैक्षिक तथा भौतिक विकासको लागि पालिका प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा सामाजिक विकास समिति एंव मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जीत बहादुर घिमिरे, वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, विद्यालय व्यवस्थापन समिती पुर्व अध्यक्षहरु , विद्यालयका पुर्व प्रधानाध्यापक , विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, टोल विकास सस्थाका अध्यक्ष, नागरिक समाज, शैक्षिक सरोकार राख्ने विभिन्न व्यक्तित्वहरु , पुर्व शिक्षकहरु, पत्रकार लगायतकाको उपस्थिति रहेको थियो । सोही क्रममा पुर्व विद्यार्थी तेजराज अधिकारीले १५ जना गरिव तथा बिपन्न परिवारका विद्यार्थीहरुलाई विद्यालयको पोसाक सहयोग गरेका थिए ।
वि.सं. २०३३ मा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म पढाई हुने गरेको छ । विद्यालयका कक्षा १ देखि १० सम्मका कक्षा प्रथम, द्धितीय तथा तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । हाल विद्यालयमा २६९ छात्र र २६८ छात्रा गरि ५३७ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।








