
रुकु ढुङ्गाना, मकवानपुरगढी
मनले मनको कुरा गर्दा
सुनसान रातमा त्यो आकाशको तारा हेर्दै म आफैँमा हराएको छु
यो मनमा गुम्सिएका कति कुरा तिमीलाई भन्न डराएको छु ।
सपनीमा देख्छु तिमीलाई केही नबोली मलाई हेर्दै तिमी रोएको
कतै बिसन्चो पो छौ की भनी म झस्किएर कराएको छु ।
मुटु देखी नै माया गर्छु तिमीलाई आफु भन्दा धेरै धेरै
साच्चै तिमी मान या नमान तिमीलाई मनबाटै मन पराएको छु ।
तिम्रै साथ साथमा रहन्छु तिमिसँगै जिवनभर
तिम्रो मिठो बोली मुस्कान मै आफ्नु दुःखहरू भुलेर रमाएको छु ।
जान्न मन छ आज भोलि यो मन किन यस्तो हुन्छ
कोही छ जसलाई कुनै दिन नदेख्दा यो मन छट्पटी हुन्छ ।
जब देख्छु उसलाई मुस्कुराउँदै बोलेको त्यो शब्दहरूले यो मन छुन्छ
कहिले उदास देख्छु बिसन्चो पो छौ की भनी यो मन रुन्छ ।
उसलाई केही होला की भन्ने घरी घरी यो मनमा चिन्ता बढदै जान्छ ।
कहिले काँही अरु सँग खुशी भएर बोलेको देख्दा
कतै म पराई भएछु भनी यो मन दुख्छ ।
कस्तो अचम्म जान्न मन छ आज भोलि
यो मन किन यस्तो हुन्छ
हरेक कुराको सामना गर्न सक्ने यो मन सानो सानो कुराले पनि ठेस पुग्छ ।








