
सिधाखबर खबरबाकस \ मदिराका नकरात्मक असरहरु तथा नियमनको आवश्यकता सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम शुक्रबार हेटौंडामा भएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल बागमती प्रदेश कमिटि तथा विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस प्रदेश सभापति तथा संसदीय दलका नेता माननीय इन्द्रबहादुर बानियाँको प्रमुख अतिथ्यता तथा मञ्चका अध्यक्ष ज्योति बानियाँको अध्यक्षतामा भएको थियो ।
छलफल कार्यक्रममा बोल्दै नेता बानियाँले पछिल्लो समय युवाहरु मदिरा सेवनमा लागेको पाइएको भन्दै मदिरा सेवनले नकरात्मक असर पर्ने कुरा विद्यालय देखी कलेज सम्म जानकारी दिने कार्यक्रम गरिनुपर्ने बताए ।
विद्यालय देखीनै असरबारेका शिक्षा प्रदान गर्न सके यसको प्रयोगमा आउने कम हुने बताए । आवश्यक कानुन निर्माण गरी मदिराको नियमन समेत गर्न सकिने बताए ।
छलफलमा यसका असर र यसलाई कसरी नियमन गर्न सकिने भन्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डे, प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, स्वास्थ्य मन्त्रालयका डा. खगेश्वर गेलाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, मदिरा व्यवसायी संघका महासचिव दीपक खत्री, इन्सेक नगर संयोजक चन्द्रावती पनेरु, टे«ड युनियन कांग्रेसका विरेन्द्र लामा, सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्ठ, सचिवालय सदस्य नवराज कोइराला लगायतको उपस्थिती रहेको थियो ।








