समाचार

गाँजा बोकेको स्कार्पियो सहित दुई जना पक्राउ

संवाददाता

खबरबाकस \ मकवानपुरको हेटौंडा-९ पशुपतिनगरमा ३० किलो ५ सय ग्राम लागुऔषध गाँजासहित स्कार्पियो र दुईजना पक्राउ परेका छन।

शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटे चेकपोस्टमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट  खटिएको संयुक्त चेकिङ टोलीले हेटौडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको एनएल ०१ सि,३६५४ नम्बरको भारतिय  स्कार्पिओ गाडीलाई चेकजाँच गर्दा उक्त गाडीको पछाडी पट्टिको सिट मुनि लुकाई छिपाई ल्याएको  ३० किलो  ५०० ग्राम लागुऔषध गाँजा २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चालक  धनुषा नगराईन-वडा नम्वर २ बस्ने बर्ष ३४ को सुबोध मण्डल र सोही गाडीमा सवार पर्सा पटेरवा सुगौली-३ बस्ने ३९ बर्षीय मुकेश राउत थारु रहेको जनाइएको छ। उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।