समाचार

कपडाको झोला बनाउने तालिम सुरु

संवाददाता

 खबरबाकस \ हेटौंडामा कपडाको झोला बनाउने तालिमको सुरुभएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै तालिमको सुरुवात गरिएको हो ।

हेटौंडा उपमहानगर वडा नम्बर ६ को समन्वय तथा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाको आर्थिक सहयोगमा तालिम सुरुभएको हो ।

कार्यालयका प्रमुख जगन्नाथ दाहालको अध्यक्षता तथा वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख अतिथ्यतामा तालिमको सुरुवात गरिएको हो । १५ दिन सम्म सञ्चालन हुने तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको वडा अध्यक्ष चौलागाईले बताए । वातावरणमैत्री बनाउनको लागि वडाको समन्वयमा तालिम सञ्चालन गरिएको उनले बताए ।

तालिम उद्घाटन कार्यक्रममा वडा सदस्य राजकुमार बास्तालो, तालिमका प्रशिक्षक तथा सहभागिहरुको उपस्थिती रहेको थियो ।