समाचार

ग्याँस व्यवसायी संघको सभा

संवाददाता

खबरबाकस \ मकवानपुर ग्याँस व्यवसायी संघको नवौं वार्षिक सभा शनिबार हेटौंडामा भएको छ । संघका अध्यक्ष दिलिश गोविन्द जोशीको सभाध्यक्षता तथा नेपाल ग्याँस व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालको प्रमुख अतिथ्यतामा सभा भएको हो ।

सभाको अवसर पारी मकवानपुर उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी र सदस्यलाई स्वागत तथा सम्मान गरिएको थियो । लामो समय हेटौंडामा ग्याँस व्यवसायी गर्दै आउनुभएका अग्रज व्यवसायी पिताम्बर ढकाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता, नेपाल ग्याँस व्यवसायी महासंघका बागमती प्रदेश अध्यक्ष राधिका महर्जन, उद्योग वाणिज्यका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, ग्याँस व्यावसायीका संस्थापक अध्यक्ष धनप्रसाद पौडेल, साहारा ग्याँस उद्योगका प्रमुख खड्क थापा, बाबा ग्याँस उद्योगका प्रमुख विमल कालाखेती, मकवानपुर होटल एशोसियसनका अध्यक्ष शंकरलाल श्रेष्ठ, मकवानपुर मदिरा व्यवसायी संघका अध्यक्ष सर्वेन्द्र पौडेल लगायतको आतिथ्यता रहेको थियो ।