समाचार

मानव आश्रमलाई दश थान ह्वीलचियर सहयोग

संवाददाता

 खबरबाकस \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको मानव सेवा आश्रमलाई ह्वीलचियर वितरण गरिएको छ । उपमहानगरपालिकाकाले दश वटा ह्वीलचियर खरिद गरी मानव सेवा आश्रमलाई नगर प्रमुख हरिबहादुर महतले हस्तान्तरण गरेका छन् ।

मानव सेवा आश्रममा आश्रितरु मानसिक संतुलन गुमाएसंगै अपाङ्गता समेत भएकाले उनीहरुलाई हिँडडुल गर्न सहज होस भन्ने उद्देश्यले ह्वीलचियर वितरण गरिएको प्रमुख महतले बताए ।

अघिल्लो आर्थिक वर्षमा पनि उपमहानगरपालिकाले मानव सेवा आश्रमलाई ह्वीलचियर वितरण गरेको थियो । एक लाख २० हजार रुपैयाँ बराबरको ह्वीलचियर बुधबार प्रदान गरिएको हो । कार्यक्रममा हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ, महिला तथा बालबालिका महाशाखाका प्रमुख जगनाथ सापकोटा लगायतकाको उपस्थिती रहेको थियो ।