समाचार

हेटौंडामा टिपर मोटरसाइकल ठोक्किदा एकको मृत्यु

संवाददाता

हेटौंडा \  पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ दारिमटारमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० बर्षीय युवराज आचार्य रहेका छन् ।

दुर्घटनामा मोटरसाइकलमा सवार बागलुङका ३३ बर्षीय नुर बहादुर थापा घाइते भएको र उनलाई उद्धार गरी उपचारका लागि चुरेहिल अस्पताल पठाइएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

बुधबार बिहान हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको इट्टा बोकेको प्रदेश ३ ००१ ख १८४९ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकल ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।