
हेटौंडा \ नेपाल पाराभेटेरीनरी एशोसिएशन मकवानपुरको दशौं जिल्ला अधिवेशन भएको छ । शनिबार हेटौंडामा भएको अधिवेशनले पुनः कुमार खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
यसैगरी कार्यसमितिको उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा श्याम ढकाल र कोषाध्यक्षमा श्रीजना सुर्खेती निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा संजोग अर्याल, धिरज पौडेल, नवीन अधिकारी, सीता भट्टराई, प्रदीप थिङ, सुदिप पराजुली र गोविन्द पुडासैनी निर्वाचित हुनुभएको छ ।
नेपाल पाराभेटिरीनरी एशोसिएशन मकवानपुरका अध्यक्ष कुमार खड्काको सभाध्यक्षतामा भएको भेलामा नेब्लाका केन्द्रिय अध्यक्ष राम प्रसाद मेहेताको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा पशु विज्ञकेन्द्र तथा भेटेरीनरी अस्पताल हेटौंडाका सुचना अधिकारी डा. ध्रुव डिसि लगायतकाको आतिथ्यता रहेको थियो ।








