
पर्सा \ केही महिना अघी आगलागी भएको पर्साको ठोरी – २ ईच्छानगरका प्रजा परिवारलाई स्थानीय युवाको अगुवाईमा ६ कोठाको २ वटा घर निर्माण गरी हस्तान्तरण भएको छ । गत चैत्र २८ गते आगलागी बाट कृष्णबहादुर नगरकोटी र पलवान प्रजाको दुई घर पुर्ण जलेर नष्ट भएको थियो ।
आगलागी बाट पुर्ण क्षती भएको घरलाई नव निर्माण गर्न स्थानीय धिरसिं घिमिरेको संयोजनमा समिति निर्माण भएको थियो । पिडितलाई शनिबार एक कार्यक्रमका बीच निर्माण समितिले घर हस्तान्तरण गरेका हुन । घर निर्माण गर्न बिभिन्न व्यक्ती, समुह तथा संघसस्थाले समितिलाई सहयोग गरेका थिए ।
कार्यक्रममा सरस्वती माविका प्रधानध्यापक केशव प्रसाद रेग्मीले यस्ता विपदमा पहिलो उपस्थिति राज्यको हुनुपर्नेमा युवाहरुको अगुवाईले छोटो समयमा घर निर्माण गरेर हस्तानतरण गर्नु उदारणीय भएको बताए । कार्यक्रममा बोल्दै वडा नं २ का वडा अध्यक्ष किशोर तामाङले युवाहरुले यति ठुलो आँट गरेर ८ महिना भित्रै २ घर निर्माण गरेर हस्तान्तरण गर्नु सह्रानीय रहेको बताए । केही रकम अझै अभाव रहेछ म केही समयमानै अभाव रकमको जोगाड लगाउछु उनले प्रतिवद्धता व्यक्त गरे । यस्तै कार्यक्रममा बोल्दै पिडित कृष्ण बहादुर नगरकोटीले जलेर पुर्ण नष्ट भएको भएपनी नयाँ घर पाएकोमा खुशी सहित धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा मोबाईल एशोसियसन अफ नेपालका केन्द्रिय सदस्य छतेन्द्र आचार्य, ठोरी समन्वय समाज चितवनका प्रवता सुदीप थापा, नागरिक समाजका ठोरी संयोजक सन्तोष श्रेष्ठ, नेकपा एमाले ठोरी गाँउ कमिटि अध्यक्ष नर बहादुर क्षेत्री, नेपाली काग्रेसका वडा सभापति देवीप्रसाद पराजुली र नेकपा माओवादीका गाँउ कमिटि अध्यक्ष भैरव बहादुर बस्नेतले आफ्ना भनाइ राखेका थिए ।
कार्यक्रम घर निर्माण समिति संयोजक धिर सिंह घिमिरेको अध्यक्षतामा भएको थियो । घिमिरेले आफ्नो निर्माण समितीलाई सबैको सहयोग अतुलनीय भएकोमा सहयोगी मनलाई धन्यवाद व्यक्त गरेका थिए । उक्त घर निर्माणमा हेटौंडाबाट एक लाख सहयोग भएको थियो ।








