समाचार

मनहरीमा ४५ किलो लागुऔषध गाँजा बरामद

संवाददाता

हेटौंडा \  मकवानपुर प्रहरीले मकवानपुरको मनहरीमा ४५ किलो लागुऔषध गाँजा बरामद गरेको छ।

मकवनापुरको राक्सिराङ-३ कठारीमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले ४५ किलो लागुऔषध गाँजा बरामद गरेको छ।

गस्तीमा रहेको प्रहरीले देखी बोरा बोकी हिडेका अज्ञात दुई जना ब्यक्तिले बोरा फालेको छ फालेको बोराबाट उक्त गाँजा बरामद गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन। उक्त गाँजा आवश्यक प्रकियाकालागि जिप्रका ल्याइएको र फरार व्यक्तिको खोजी कार्य भइरहेको जनाइएको छ।