
खबरबाकस \ विभिन्न सवारी साधन दुर्घटना हुनमा चालककै हात हुने मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङले बताए । उनले सवारी दुर्घटना न्युनिकरणमा चालककै भूमिका रहने बताए ।
पुरानो नारायणी कम्पनी प्रा.लिले चुरियामाई मन्दिरमा पुजाको आयोजना गर्दै सवारी न्युनिकरण सम्बन्धी कार्यसमिति, प्रहरी र कर्मचारीबीच अन्तरक्रिया भएको थियो ।
सोही क्रममा एसपी गरुङले सवारी साधन व्यवसायीले चालकलाई चप्पल प्रयोग गर्न नदिने,उनीहरुलाई तिमीहरुको भरले आफु बच्ने र अरुलाई पनि बचद्धाउने भएकाले सर्तक अपनाएर साधन चलाउन सचेतना गराउने कार्य गर्न आग्रह गरे । ओभरटेक, छिटो पुगेर आउन पाए अर्को टिप पनि भ्याइने र भक्ता बढ्ने जस्ता प्रोबलममा परेकाले पनि दुर्घटना भइरहेको बताए ।
अन्तरक्रियामा यातायात कम्पनी र व्यवसायीले सोही अनुरुप आफुहरुले काम गर्दै जाने समेत बताएका थिए । कार्यक्रममा कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठ, प्रहरी नायब उपरिक्षक जयश्वर रिमाल लगायत कम्पनीका पदाधिकारी, सल्लाहकारहरुको उपस्थिती रहेको थियो ।








