समाचार

स्मृतिमा गणेश मन्दिर स्थापना

संवाददाता

खबरबाकस \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रुद्रेश्वर मन्दिर परिसरमा मंगलबार गणेश मन्दिरको स्थापना गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेंलले मन्दिरको उद्घाटन गरेका छन् ।

रुद्रेश्वर मन्दिर क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष राजिव सुवेदीका आफ्नो स्वर्गीय बुबा जगन्नाथ सुवेदी (माधव) को स्मृतिमा श्रीमती सुमित्रादेवी सुवेदीले गणेश मन्दिरको निर्माण गर्नुभएको हो ।

आमाले बुबाको सम्झनामा मन्दिर निर्माण गर्नुभएको हो । करिब २० लाखको लागतमा गणेश मन्दिरको निर्माण गरिएको सुवेदीले बताए । पाँच दिनसम्म पूूजा गरेर आज मंगलबार गणेशको मूर्ति स्थापना गरिएको हो ।

रुद्रेश्वर मन्दिर क्षेत्रलाई थप व्यस्थापन गर्दै पर्यटकीय क्षेत्र बनाउन लागिपरेको अध्यक्ष सुवेदीको भनाई रहेको छ ।