समाचार

साढे ६ लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग

संवाददाता

खबरबाकस \ नेकपा माओवादी केन्द्रका युवा नेता विश्वक्रान्ती सिंहले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छ । हेटौंडा २ उद्योग वाणिज्य चोकमा सञ्चालित सुविधा पोलिक्लिनिकलाई साढे ६ लाख बराबरको ७ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका हुन् ।

नेपाल तरुण दल क्षेत्र २ का अध्यक्ष युवा नेता सञ्जय श्रेष्ठको सहकार्यमा गरिब तथा असहायहरुलाई निशुल्क अक्सिजन सेवाको लागि सिंहले सहयोग गरेका हुन् ।

उनले आफ्नो स्वर्गीय बुबाको सम्झनामा ७ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको सुविधा पोलिक्लिनिकका सञ्चालक सुधिर दाहालले बताए ।

अक्सिजन चाहिने विरामीलाई निशुल्क रुपमा अक्सिजन उपलब्ध गराइने दाहालले बताए ।