समाचार

मउवा संघले गर्यो प्रहरी उपरीक्षक गुरुङको स्वागत

संवाददाता

हेटौंडा \ जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा भई आएका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङलाई मकवानपुर उद्योग वाणिज्य (मउवा) संघले स्वागत गरेको छ । संघको बैठक कक्षमा एक कार्यक्रम गरी उनलाई स्वागत गरिएको हो ।

कार्यक्रममा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले जिल्लाको बस्तुस्थिति, विगतमा जिल्ला प्रहरी कार्यालयसंग भएका सहकार्य, लागूपदार्थको नियन्त्रण, उद्योग/व्यवसाय क्षेत्रमा सुरक्षा, पार्कि· व्यवस्थापन, ट्राफिक व्यवस्थापनको लागि हेभी गाडी बाइपासबाट प्रयोग र फुटपाथ व्यवस्थापनलगायतको बारेमा स्पष्ट पारेका थिए ।

कार्यंक्रममा सल्लाहकार अशोक शाक्य, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष राजु अधिकारी, कार्यसमिति सदस्यहरु दिवस पराजुली, तेजराज अधिकारीलगायतले प्रहरी उपरीषक गुरुङको कार्यकाल सफलताको लागि शुभकामना दिएका थिए ।

प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले आफ्नो कार्य अवधिमा उद्योग वाणिज्य संघसंग सहकार्य गरिने बताए । उद्योग/व्यवसाय क्षेत्रको हितका साथसाथै विभिन्न सामाजिक गतिविधिहरुमा उद्योग वाणिज्य संघले काम गर्ने गरेकोबारे आफू जानकार रहेको बताए । यातायात क्षेत्र र दुव्र्यसनी नियन्त्रणमा काम गर्न जरुरी रहेको उनले औंल्याए ।