समाचार

तरुण दल हेटौंडा-६ को आर्थिक सहयोग

संवाददाता

हेटौंडा \  नेपाल तरुण दल हेटौडा-६ नम्बर इकाइ समितिले यहाँको एक परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

तरुण हेटौडा-६ का कालीपोखरीका  कमल सापकोटाको परिवारलाई  ५ हजार आर्थिक सहयोग गरेको नेपाल तरुण दल हेटौडा-६ का अध्यक्ष कमल कोईरालाले बताए ।

सापकोटाको पिता रामहरि सापकोटाको हालै निधन भएको र आर्थिक अवस्था पनि अत्यन्तै कमजोर भएका कारण आर्थिक सहयोग गरिएको अध्यक्ष कोईरालाले बताए । सहयोग रकम हेटौडा-६ का वडा सदस्य राजकुमार बास्तोला, अध्यक्ष कोईराला लगायतकाले हस्तान्तरण गरेका थिए ।

तरुण दल वडा नम्बर ६ ले यस अघि पनि विभिन्न व्यक्तिहरुलाई स्वास्थ्य उपचार, खाद्यान्न तथा आर्थिक सहयोग र विभिन्न प्रकारका सामाजिक काम गर्दै आएको छ।