समाचार

१ लाख ५२ हजारसहित हेटौंडा-६ का राउत पक्राउ

संवाददाता

हेटौंडा \  बाघको दाँत जस्तो देखिने वस्तु र स्रोत नखुलेको १ लाख ५२ हजार रुपैयाँसहित मकवनपुर प्रहरीले शुक्रबार एकजना व्यक्तीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का भीम राउतलाई उक्त बाघको दाँत जस्तो देखिने वस्तु र स्रोत नखुलेको रकम १ लाख ५२ हजारसहित पक्राउ गरेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्कमा शंकाष्पद अवस्थामा हिंडिरहेका बेला  राउतको खानत लासी गर्दा एकथान बाघको दाँत जस्तो देखिने वस्तु र स्रोत नखुलेको नगद १ लाख ५२ हजार रुपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

पक्राउ परेका राउतलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालय मकवानपुर पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।