
हेटौंडा \ नेपाल तरुण दल हेटौंडा-६ को वडा भेला शनिबार सम्पन्न भएको छ।
नेपाल तरुण दल ६ नम्बर वडाका सभापती राजकुमार बास्तोलाको सभाध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँ रहेका थिए।भेलाले तरूण दल हेटौंडा-६ मा नयाँ नेतृत्व चयन गरेको छ।
कमल कोइरालाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
कार्य समिति उपाध्यक्षमा रत्न खड्का, ईश्वर रानामगर, सचिवमा विजय चौलागाई, कोषाध्यक्ष भुपेन्द्र विष्ट,सह सचिव निर्मल राई चयन भएका छन।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो। कार्यक्रमा विभिन्न पार्टी परित्याग गरी करिब २ दर्जन भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।








