
खबरबाकस \ हेटौंडा उपमहानगर वडा नम्बर ५ मा रहेको अब्बलडाँडा शान्तिपथ टोल विकास संस्थाको २० औं वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष अभिमन्यू गौतमको सभाध्यक्षता तथा वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।
सभामा संस्थाका उपाध्यक्ष नन्दुप्रसाद घिमिरेले आगामी कार्ययोजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै, कोषाध्यक्ष कल्पना ढुंगेलले ८१ लाख ५१ हजार ६३८ बराबरको आर्थिक कारोबारको वासलास प्रतिवेदन पेश गरेका थिए ।
सभा टोलविकास भित्रका एसईइमा उत्कृष्ट जिपिए ल्याउन सफल निषा गौतम, अप्सन पराजुली, साकार ढुंगेल, गौरी केसी र आर्यन पराजुलीलाई पुरस्कृत गरिएको थियो भने जेष्ठ नागरिक कलाधर तिमल्सिना र विष्णुमाया ढुंगेललाई सम्मान गरिएको थियो । सोही अवसरमा संस्थापक अध्यक्ष सरस्वती दाहाललाई पनि सम्मान गरिएको थियो ।

सभामा वडा सदस्य सरस्वती दाहाल, ढुंगेधारा टोलविकासका अध्यक्ष पद्म बजगाई, सानोपोखरा टोलविकासका अध्यक्ष उर्मिला थापा, संस्थाका लेखा संयोजक भूमिनन्द गौतम, जिएस निकेतनका प्रधानाध्यापक ईश्वर लामिछाने, समता स्कुलका प्रधानाध्यापक प्रिती चौधरी लगायतको आतिथ्यता रहेको थियो ।








