समाचार

मनहरीमा बालबालिकाको अन्तरक्रिया

संवाददाता

खबरबाकस \ मनहरी गाउँपालिका वडा नम्बर ८ मा अन्तरराष्ट्रिय बाल दिवसको अवसरमा सरोकारवालाहरुसगँ बालबालिकाहरुको अन्तरक्रिया कार्यक्रम शुक्रबार भएको छ ।

बाल संजालका अध्यक्ष आशिष बुढाथोकीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतिको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतिले बालबालिकाको हितको लागि गाउँपालिकाद्धारा १० प्रतिशत बजेट छुट्याएको बताउनुका साथै वडा कायालयमा छिट्टैनै बालबालिको लागि बालबालिका शाखाको निमार्ण गर्ने बताए ।

बालबालिकाको अधिकारलाई मध्यनजर गर्दै आवश्यक शिक्षा, स्वास्थ्य, खेलकुदलाई ध्यानमा राख्ने र अझै पनि बालबालिकाहरुलाई अन्य नकारात्मक कार्य गर्न गर्न नदिने बाल मैत्री योजनाहरु निमार्ण गर्ने जस्ता कार्यहरु गरीने अध्यक्ष उप्रेतिले बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मनीला विष्ट, र अतिथिहरुमा मनहरी गाउँपालीमा वडा अध्यक्षहरु तथा बालबालिकाहरुको उपस्थिती रहेको थियो ।