
हेटौंडा \ बागमती प्रदेशको राजधानी हेटौंडाबाट दैनिक प्रकाशित हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिकको ११ औं र रेडियो निकास ९३.४ मेघाहर्जको ८ औं वार्षिकोत्सब बुधबार भएको छ ।
वार्षिकोत्सबको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा समृद्ध समाज राष्ट्रिय दैनिकमा नियमित लेख लेख्दै आउनुभएका वंशगोपाल माविका प्रधानाध्यापक रमेश लामिछानेलाई मन्त्री खनालले कदरपत्र प्रदान गर्नुभएको थियो । यस्तै रेडियो निकासमा कार्यरत विकास लामालाई वर्ष उत्कृष्ट सहकर्मी–२०७८ बाट प्रशंसापत्र सहित सम्मानित गरिएको छ । वार्षिकोत्सबमा उपस्थित हुने २ सय बढीलाई समृद्ध समाज दैनिकले पुस्तक वितरण गरेको छ ।
कार्यक्रममा बागमती प्रदेश सदस्य मुनु सिग्देल, जिसस उपप्रमुख भगवती पूडासैनी, हेटौंडा उपमहागनरका मेयर हरिबहादुर महत, रेडियोका सञ्चालक प्रताप विष्ठ, उपमेयर मिना लामा, इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा लगायतको उपस्थिति रहेको थियो ।








