
खबरबाकस \ डिभिजन वन कार्यालय मकवानपुरको आयोजनामा जिल्ला वन क्षेत्र समन्वय समिति र सरोकार वालाको सहभागितामा डिभिजन स्तरीय वार्षिक प्रगति समिक्षा गोष्ठी बुधबार भएको छ ।
जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएकोे गोष्ठीमा वार्षिक प्रगती समिक्षा गरिएको थियो । वन अधिकृत राधिका शर्माले वार्षिक प्रगति प्रतिवेदन पेश गरेकी थिइन् ।
कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेल, नेपाली कांग्रेसका जिल्ला सदस्य राजिव सुवदी, राप्रपाका नेता सिताराम बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमिला लामा पुलामी, एमालेका पञ्चमाया स्याङ्तान, निजी वन सरोकारवाला महासंघका अध्यक्ष पुष्पराज पराजुली, एकिमृत समाजवादीका बद्रीप्रसाद आचार्य, मकवानपुर उद्योग वाणिज्य संघका दीपक उप्रेती, जिसस अधिकृत आनन्दराज पोखरेल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले वनले गरेको प्रगतिबारे समिक्षा गर्दै सुझावहरु दिएका थिए ।








