
हेटौंडा \ हेटौंडा-१० फरेष्ट्री क्याम्पस गेट अगाडिको झाडीमा एक पुरुषको शव भेटिएको छ।
सोमबार दिउँसो फरेष्ट्री क्याम्पसको झाडीमा एक पुरुषको शव भेटिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन।
अन्दाजी ३५।४० बर्षीय पुरुषको भेटिएको र शवको यो समाचार तयार पार्दासम्म सनाखत हुन नसकेको जनाइएको छ। अहिले घटनास्थलमा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टको टोली रहेको र शवको मुचुल्का उठाउने काम भइरहेको जनाइएको छ। स्थानीयले शव देखेपछी प्रहरीलाई खबर गरेका थिए।








