
खबरबाकस \ नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले हेटौंडा बजार अन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा एक घन्टा चक्काजाम गरेको छ ।
पेट्रोलियम पदार्थ, एलपी ग्यास र खाद्यवस्तुमा सरकारले गरेको मूल्य वृद्धिको विरुद्धमा आयोजित उक्त एक घन्टे चक्काजाम कार्यक्रम आइतबार गरेको हो ।
एक घन्टे चक्काजाम सफल पार्न नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका नेता कार्यकर्ता र जनता कालो ब्यानर सहित बीच सडकमा उत्रिएका थिए । चक्काजाम कार्यक्रमको सुरुवातमा नै पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले जबरजस्ती राज्यले नेपाली जनतामाथि लादिएका महंगी तथा कालोबजारीको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले सशक्त कदम चाल्दै चक्काजाम गर्ने ठाँउसम्म आइपुगेकोले त्यसलाई सफल पार्न सवारी चालक, यात्रुका साथै आम जनतालाई अपिल गरेका थिए ।
जस अनुरुप जिल्ला सेक्रेटरी वाटर र हेटौंडा नगर सेक्रेटरी सुर्य अर्याल सहितको उपस्थितिमा भएको चक्काजाम सफल पार्न पुलिस प्रशासन, सवारी चालक, यात्रुहरुका साथै आम जनताले सहर्ष साथ दिएका थिए । त्यस्तै आम जनताको ढाड भाँचिने गरि महँगी तथा कालोबजारीको विरुद्धमा यहि कार्तिक २९ गते हुने सिट्ठी तथा मसाल जुलुस र कार्तिक ३० गते हुन गइरहेको नेपाल बन्द सफल पार्न प्रहरी प्रशासन, पत्रकार, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, युवाका साथै आम नेपाली जनतालाई अपिल समेत गरेका छन् ।








