समाचार

दारी ग्याङ्गको सहकार्यका विद्यार्थीलाई न्यानो कपडा

संवाददाता

खबरबाकस \ परोपकारी युवा सञ्जाल नेपाल र दारी ग्याङ्ग हेटौंडाको सहकार्यमा विद्यार्थीलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरिएको छ ।

शनिबार एक कार्यक्रमका बीच साविक आमभञ्ज्याङ वडा नम्बर १ हाल मकवानपुरगढी वडा नम्बर ५ देउराली डाँडामा रहेको उज्ज्वल प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरिएको हो ।

परोपकार युवा सञ्जाल नेपालका अध्यक्ष रमेश सापकोटा सहित उमेश पराजुली, युवराज भण्डारी, महेश शाहीठकुरी, पुरुषोत्तम गुप्ता, ईश्वर विष्ठ लगायतको उपस्थितीमा दारी ग्याङ्ग हेटौंडाका संयोजक अजित खड्का, उत्सव दाहाल, जोन पहाडी, अधिराज वाग्ले, दिवसराज आचार्य सिताराम पुडासैनी लगायत वडा सदस्य हिरा बहादुर दोङ, विद्यालयका शिक्षीका गीता हुमागाई लगायत विद्यार्थी अभिभावकहरुको उपस्थिती रहेको थियो ।