समाचार

इन्धनको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

संवाददाता

हेटौंडा \  नेपाल आयल निगमले हालै इन्धनको मूल्य बढाएको विरोधमा हेटौंडामा मसाल जुलुस सहित विरोध प्रदर्शन भएको छ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले नेपाल आयल निगमले इन्धनमा गरेको मूल्य वृद्धिको विरोधमा हेटौंडामा मसाल जुलुस प्रदर्शन गर्दै विरोध गरेको हो ।

शनिबार साँझ हेटौंडा-५ मा रहेको नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयबाट मसाल सहित निस्किएको जुलुस हेटौंडाको मुख्यचोक बुद्धचोकमा आएर कोणसभा परिणत भएको थियो।

जुलुसमा विद्यार्थीहरुले 'इन्धनमा बढाएको मूल्य तुरुन्त फिर्ता गर',भ्रष्ट सरकार मुर्दावाद जस्ता नारा लगाएको थिए।