
हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले बुधबार मकवानपुर गढी गाउँपालिका ८ बुढीचौरका ४ सय घरपरिवारलाई खाद्यान्न वितरण गर्नुभएको छ ।
कांग्रेस मकवानपुर गढी गाउँपालिका ८ का वडा सभापति बेदनाथ न्यौपानेको सभाध्यक्ष तथा नेता बानियाँको प्रमूख आथित्यतामा शुभदिपावली, छठ, क्रिसमस तथा ल्होसार जस्तो चाडबाडको मुखमा गरिव जनतालाई केही राहात हुने लक्ष्यका साथ गढी ८ बुढीचौरका ४ सय घरपरिवारलाई प्रतिपरिवार २५ किलो चामल, नुन दाललगायतका खाद्य सामाग्री वितरण गर्नुभएको हो ।
खाद्यान्न वितरण कार्यक्रममा प्रतिनिधिसभा १ का संघीय सभापति यतिराज सापकोटा, क्षेत्रीय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुली, वडा अध्यक्ष कुमार सिं घिसिङलगायतको उपस्थिति रहेको थियो ।








