
खबरबाकस \ मकवानपुर प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ ।
मनहरी बजार स्थित चेकपोष्ट अगाडी वीरगञ्जबाट चितवन तर्फ जादै गरेको ना ७ ख २०१९ नम्बरको यात्रु बसमा सवार रहेका भारत बिहार पुर्वी चम्पारण जिल्ला मोतीहारी ग्राम आदापुर वडा । नम्बर २ बस्ने २२ वर्षका सद्दाम अन्सारी र सिसवा सौनाहा वडा नम्बर २ बस्ने १८ वर्षका रोहान आलमलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट झोलामा लुकाई ल्याइएको लागुऔषध डाईजेपाम ३०० एम्पुल ,फेनार्गन ३०६ एम्पुल र नुफिन ३४० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताउनुभएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








