समाचार

आइफोन १३ को प्रि बुकिङ खुल्यो

संवाददाता

हेटौंडा \  अन्तरराष्ट्रिय ब्राण्ड एप्पलका मोबाइलको प्रि बुकिङ खुला भएको छ ।

हेटौंडाको लागि आधिकारिक रिटेलर स्कुल रोडमा रहेको शेरिसा मोवाईल हवले आइफोन १३ को लागि प्रि बुकिङ खुला रहेको जनाएको छ ।

मोवाइल हवका सञ्चालक अनिष विष्ठका अनुसार मोवाइल प्रयोगकर्ताले आइफोन १३ को सहित अन्य मोवाइलका लागि विभिन्न सेवाहरु समेत रहेको बताएका छन् ।

उनले आइफोन १३, आइफोन १३ मिनि, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्सका साथै आइफोन ११ र आइफोन १२ पनि उपलब्ध रहने बताएका छन् ।