समाचार

छात्रवृतिमा मनलाग्दी गरेको प्रति ज्ञापनपत्र

संवाददाता

 खबरबाकस \ मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक चौथो वर्षका विद्यार्थीलाई प्रदान गरिने छात्रवृतिमा अनियमित तथा नियम विपरित मनपरी ढंगवाट वितरण गरिएको भन्दै क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाइएको छ ।

आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन(अनेरास्ववियु) मकवानपुर बहुमुखी क्याम्पस कमिटिले क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायलाई ज्ञापनपत्र बुझाइएको हो ।

नियमानुसार छात्रवृति वितरण गर्न गराउन क्याम्पस प्रमुख डा. शंकर प्र. उपाध्यायलाइ ध्यानाकर्षण गराइ पत्र बुझाइएको संयोजक आशिष रौनियारले बताए ।

पटकपटक ध्यानाकर्षण गराउदा गराउदै पनि मनपरी ढंगवाट छात्रवृतिको नामावली प्रकाशन गरेकोमा यो सच्याउन आग्रह गरिएको र नसच्याइएको पाइएमा अनेरास्ववियुले कडा कदम अपनाउने रौनियारले बताए ।