
खबरबाकस \ हेटौंडाको रातोमाटेबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
गाँजा सहित दुईजनालाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिगएको प्रहरी टोलिले बिहीबार बिहान पक्राउ गरेको थियो। पक्राउ परेका माथी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
पुर्व पश्चिम सडकखण्ड अन्तर्गत हेटौडा–१५ रातोमाटेमा हेटौंडाबाट वीरगंज तर्फ जाँदै गरेको ना १ ज १६७६ नम्बरको माईक्रोबसलाई रोकी चेकजाँच गर्दा ५ किलो ३०० ग्राम लागुऔषध गाँजासहित मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ५ का ४८ वर्षीय प्रेम बहादुर प्रजा र सोही ठाउँ बस्ने २२ वर्षीय रविन्द्र प्रजालाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् ।








